चुनावमा एमालेविरुद्ध असभ्य ढंगबाट प्रहार भयो : ओली

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाप्रति असन्तुष्टि जनाएका छन्। पार्टी मुख्यालय च्यासलमा ओलीले निर्वाचनको परिणामलाई अस्वभाविक, अपत्यारिलो र जादुमय भएको समेत बताएका छन्। ‘हाम्रो पार्टीको आकारमा सानो भएकोमा कसैले चिन्ता नगर्नुहोला,’ एमालेबाट विजयी सांसदहरूलाई सुझाव दिँदै उनले भने, ‘निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको थियो।’

    निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भइनसकेको समेत उनको भनाइ छ। ‘यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय छ । हाम्रा विरोधिहरुले अथवा हाम्रा उद्देश्यका विरोधिहरुले हाम्रा विरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लिल, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो ।

    डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जलमा हामीले बोल्न लेख्न सकेनौं ,’ उनले भने। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न नसक्दा सत्य कुरा जनतासम्म पुग्न नसकेको पनि उनले बताए। उनले अनावश्यक विषयमा बढी टिप्पणी गर्ने प्रवृत्ति त्याग्न र आवश्यक मुद्दामा केन्द्रित भएर स्पष्ट धारणा राख्न सांसदहरूलाई सुझाव दिए। ‘पार्टीमा एकथरी मानिस बोल्ने एकथरी चुप लाग्ने स्थिति भयो।

    स्टाटस लेख्छन् साथीहरु तर चाहिने भन्दा नचाहिने कुरामा बढि लेख्छन्। यसलाई सुधार्नु पर्नेछ। नराम्रो कामबाट हामी पछाडि पारिएको होइन् राम्रो कामबाट हमलामा परेका हौं। त्यसैले हामी हतासिनु पर्ने आवश्यक छैन्। उच्च मनोबलका साथ काम गर्नुपर्छ।’ उनले यो निर्वाचन परिणाम अनपेक्षित, अस्वभाविक, अपत्यारिलो र जादुमय रहेको धारणा राखे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar