चिनु गुरुङको तीन दशकको संघर्ष र सफलताको परिणाम—ललितपुरमा आधुनिक ब्युटी शाखा उद्घाटन

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • ललितपुर । ३० वर्ष अगाडि ३० हजार पुँजीबाट पोखरामा सेवा सुरु भएको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रा.लि.ले सेवा विस्तारलाई तिब्र बनाएको छ । सञ्चालक चिनु गुरुङले सौन्दर्य क्षेत्रमा ३० वर्षसम्म हासिल गरेको अनुभवलाई थप परिस्कृत र परिमार्जनसहित ललितपुरमा सेवा विस्तार गर्न सफल भएकी छन् ।

    ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजको अगाडि गुरुङ व्युटिपार्लरको आज भव्य रुपमा शाखा सञ्चालनमा आएको छ । ललितपुरको यो शाखामा सौन्दर्य सर्भिस र एकेडेमी दुवैलाई लक्षित गरिएको सञ्चालक चिनु गुरुङ्गको भनाइ छ । सौन्दर्य क्षेत्रको बेसिक, प्रोफेशनल तथा एड्भान्स तालिम सञ्चालन हुनुका साथै सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने गुरुङले जानकारी दिइन् ।

    सन् १९९५ मा स्थापना भएको गुरूङ्ग ब्युटी एकेडेमीले सौन्दर्य सेवा तथा प्रशिक्षण क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउँदै आएको छ। यस संस्थाले देशभरका सयौँ विद्यार्थीलाई दक्ष र सीपयुक्त बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी व्यावसायिक सिर्जना गर्न सफल भएको सञ्चालक गुरुङको दाबी छ।

    संस्थाले तालिमका लागि विविध पाठ्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा ब्युटिसियन कोर्स, मेकअप आर्टिस्ट्री, कोस्मेटोलोजी, वार्मेज, एस्थेटिक, हेयर टेक्नोलोजी, न्यानोप्लास्टिक, केराटिन तथा धेरै व्यावसायिक सौन्दर्य प्रशिक्षणहरू समावेश छन्। प्रशिक्षकहरू अनुभवी तथा अन्तर्राष्ट्रिय स्तरका मार्गदर्शक भएकाले यहाँबाट पास गरेका विद्यार्थीहरू छिट्टै रोजगारी र अवसर पाउन सफल हुने गरेको उनको भनाइ छ।

    आज उदघाटन भएको नयाँ शाखामा उपलब्ध सेवामा जेल–नेल एक्सटेन्सन, रिफिल, रिमुभ, आइल्यास एक्सटेन्सन, थ्रेडिङ, आइब्रो वाक्स, माइक्रोब्लेडिङ, माइक्रोसिडिङ, फूलबडी वाक्सिङ, पील ब्लसिङ्ग, मेकअप तथा हेयर स्टाइल, मेनिक्योर–पेडिक्योर, हाइड्राफेसियल, बिबि ग्लो, कार्बन लेजर, हेयर बटक्स, केराटिन, न्यानोप्लास्टिक, स्पा, हेयर रिबोन्डिङ्ग लगायतका सेवा समावेश छन्।

    ग्राहकमैत्री वातावरण, अत्याधुनिक उपकरण र व्यावसायिक जनशक्तीमार्फत गुणस्तरीय सेवा प्रदान गर्न संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ। गुरुङ ब्युटिपार्लरको प्रधान कार्यालय पोखराको न्युरोडमा छ भने पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा, तनहुँको दुलेगौंडा लगायतमा अन्य शाखा सञ्चालन भइरहेको छ । सेवालाई देशव्यापी बनाउने लक्ष्यसहित राजधानीमा समेत सेवा विस्तार गरिएको जनाइएको छ ।

    संचालक गुरुङका अनुसार समयको धैर्यता, निरन्तर संघर्ष र आत्मविश्वासले नै उनलाई यो सफलताको शिखरमा पु¥याएको छ । उद्घाटन समारोहमा पुर्व मिस नेपाल रुवी राणा शाह, भवानी राणा लगायतको सहभागिता रहेको थियो । उदघाटन कार्यक्रममा हेयर कलरका लागि नयाँ टेक्नोलोजिको पनि समुदघाटन गरिएको छ । गुरूङ्ग ब्युटी पार्लर तथा ब्युटी एकेडेमीका लागि ०१५४५५४९२१ र ९८५६०२६४९२ ा फोन नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar