चार दिने चीन भ्रमणमा पुगे पुटिन

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणमा तियानजिन पुगेका छन् । यस क्रममा उनले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा पनि भाग लिनेछन् । रुसको आधिकारिक समाचार एजेन्सी तासका अनुसार, पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन पुगेका हुन् । तियानजिन पछि उनी बेइजिङ जानेछन् । पुटिनलाई तियानजिन बिनहाई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ दिइएको पनि समाचारमा बताइएको छ ।

    जापानसँग भएको युद्धको ८० औं वार्षिकोत्सवको अवसरमा चीनमा आयोजना हुन लागेको ‘विजय दिवस’ परेडमा पनि भ्लादिमिर पुटिनले भाग लिनेछन् । शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगिसकेका छन् । चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुने सांघाई सहयोग संगठन शिखर सम्मेलनमा धेरै देशका नेताहरू आइपुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar