बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • बुटवल । बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवल बसपार्कबाट निस्किने क्रममा लु २ ख ४०९७ नम्बरको बसको ठक्करबाट पैदलयात्री कपिलवस्तुको विजयनगर गाउँपालिका–७, बडसुदुवा निवासी ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको हो ।

    यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ।  ठक्कर दिने चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

    बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बुटवलमा पेन्टिङको काम गर्दै आएका यादवलाई तिहारको बिदामा घर जान बसपार्कतर्फ जाँदै गर्दा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar