बोपाराको लगातार दोस्रो अर्धशतक, लुम्बिनीलाई १४३ रनको लक्ष्य

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौं । रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

    बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।

    सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भए । बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar