बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध स्वीकार्य हुँदैन : महासचिव पोखरेल

  • कालिका खवर
  • शुक्रबार, अशोज ३, २०८२
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरूलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले लोकतन्त्रमा राजनीतिक दलहरूलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताए ।  कुनै राजनीतिक दलका नीतिहरू मन परेनन् भने नयाँ राजनीतिक दलहरू खोल्न मिल्ने उनले बताए ।

    जुन राजनीतिक दलहरू नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता नरहेको पोखरेलले बताए। नीतिमा प्रतिष्पर्धा नै लोकतन्त्रको विशेषता भएको उनको जिकिर छ ।

    नेकपा एमाले र नेपाली कांग्रेसले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सके त्यो अधिकारलाई संविधानले नरोकेको पोखरेलको भनाइ छ । महासचिव पोखरेलले नव युवाहरूको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पारेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar