भारतीय वायुसेनाको ट्रेनी विमान दुर्घटना

  • कालिका खवर
  • बुधबार, माघ ७, २०८२
  • काठमाडौँ । भारतस्थित उत्तर प्रदेशको प्रयागराजमा भारतीय वायुसेना प्रशिक्षणमा रहेको एउटा विमान दुर्घटनामा परेकाे छ । उक्त विमान मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे ।

    सञ्चारमाध्यम<का अनुसार विमान पोखरीमा डुबेको अवस्थामा देखिएको छ । समाचार एजेन्सी एएनआईकाअनुसार दुर्घटनामा परेको विमान एम ११६ हो ।

    विमानमा सवार दुई पाइलट प्यारासुटबाट तलाउमा हाम फालेका समाचारमा उल्लेख गरिएको छ । दुवैलाई स्थानीयले उद्धार गरेको र अवस्था स्थिर रहेको बताइएको छ ।

    ‘चालक दलका दुई सदस्यसहितको वायुसेनाको सानो विमान आज दिउँसो १२ बजे प्रशिक्षण मिसनमा थियो । यसलाई आपतकालीन अवतरण गर्नुपर्‍यो ।  दुवै चालक दलका सदस्यहरू सुरक्षित छन्’ पीआरओ डिफेन्स विङ्ग कमान्ड देबार्थो धरले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar