भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते

  • कालिका खवर
  • बिहिबार, मंसिर १८, २०८२
  • काठमाडौं : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    बुटवलबाट पोखरा जाँदै गरेको एमएचओ ४ एमएनओ ०७९३  नम्बरको कार करिब बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको प्रहरी चौकी गल्याङले जनाएको छ । खोलामा पानी लिन गएका स्थानीयले दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    गल्याङ चौकीबाट खटिएका प्रहरी र स्थानीयको प्रयासमा घाइतेहरुको उद्धार गरी थप उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar