बालेनजीसँग सहकार्य नगरेकोमा मलाई कुनै पछुतो छैन : सीके राउत

  • कालिका खवर
  • मङ्लबार, चैत्र ३, २०८२
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद डा. सीके राउतले २१ फागुनको निर्वाचनमा बालेन शाहसँग सहकार्य नगरेकोमा कुनै पछुतो नभएको बताएका छन् ।

    हालै प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ मा उनले भनेका छन्,‘म यहाँ स्पष्ट र सार्वजनिक रुपमा भन्न चाहन्छु–मलाई बालेनजीसँग सहकार्य नगरेकोमा कुनै पनि पछुतो छैन, बरु गर्व नै छ । यो कुरा २० वर्षपछि मान्छेलाई थाहा होला । यसबारेमा मैले कतै कुनै मिडियामा एक लाईन स्टेटमेन्ट दिएको थिएँ, यदि मैले बालेनजीसँग सहकार्य गरेको भए इतिहासमा कुनैबेला मलाई पनि जई चन्द र मिiर जफार भनिन्थ्यो । त्यो कलंक म बोक्न चाहन्नँ । त्यो भएको हुनाले मैले सहकार्य नगरेको एकदम ठिक छ । जिरोमा आउँदा पनि मलाई आपत्ति छैन ।’

    उनले नेपालमा बाहृय शक्तिलाई भित्र्याउनको लागि यो सबै भएको भन्दै त्यससको हिस्सेदार आफू बन्न नचाहेको दाबी गरे । उनले भने,‘मधेश जसमा रास्वपा छिर्न पनि सकेको थिएन, त्यहाँ यदि मैले सहकार्य गरेको भए, भलै अहिले उनीहरु आँफै आफ्नै बलमा छिरे, मेरो केही सहयोग छैन । यदि मैले सहकार्य गरेर यो परिणाम आएको भए त्यो सारा जिम्मेवार मलाई ठहराईन्थ्यो । अब १० वर्षमात्रै कुरेर हेर्नुहोस, यो विश्लेषण थाहा हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar