बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, माघ २३, २०८२
  • धनगढी । बैतडीको पुर्चौडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस दुर्घटना एक जना वडा सचिवको मसेत निधन भएको छ। पुर्चौडी नगरपालिका–७ बडचौरमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको पनि मृत्यु भएको हो।

    प्रहरीका अनुसार, दुर्घटनामा ज्यान गुमाउने बसन्तराज जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी दार्चुलाको शैल्यशिखर नगरपालिका कार्यालयमा पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए। जोशीले शैल्यशिखर नगरपालिका–१ बलाँचको वडा सचिवको जिम्मेवारी समेत सम्हालिरहेका थिए।

    जोशी आफ्नो पेसागत जिम्मेवारीका साथै नेपाल निजामती कर्मचारी संगठन शैल्यशिखर नगर कार्यसमितिका सचिव समेत रहेका थिए। विवाहको खुसी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परी वडा सचिव जोशीसहित १३ जनाको अकालमा ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार र मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar