अवैध लागुऔषध सहित २ जना पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ ।  हिजो साँझ ६ः४० बजे सिराहाको नवराजपुर गाउँपालिका–४ नवराजपुर स्थितमा इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि २ जनालाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाईकल पछाडि सवार सिराहाको लहान नगरपालिका– १ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेका छन् ।

    उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा १.६ ग्राम फेला परेकोले रीतपूर्वक बरामद गरी निज दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar