अत्यावश्वक सेवा रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • कालिका खवर
  • मङ्लबार, अशोज ७, २०८२
  • राँझा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरुबाट अत्यावश्यक सेवा नरोकिने बताएका छन् । आज बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमनका क्रममा उनले कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोग गरिरहेको बताए । “जेनजी प्रदर्शनका क्रममा बाँकेका सरकारी संरचना ध्वस्त छन्”, उनले भने ।”

    प्रदर्शनका क्रममा प्रदेशमा करिब दुई खर्ब बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र पाल टाँगेर भए पनि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar