अनमोलको ‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १३, २०८३
  • काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर छ । संगी

    त संयोजन गायक योगीले नै गरेका छन् ।

    चलचित्रको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शीर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् ।

    कात्तिक २६ गतेबाट प्रदर्शन हुने चलचित्रमा यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाएको थियो ।

    नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्रलगायतको अभिनय छ ।

    कृष्ण भण्डारी सम्पादक रहेको चलचित्र लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar