अमेरिकामा केन्द्रीय बैंकले घटायो ब्याजदर

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले प्रमुख ब्याजदर घटाएको छ । बुधबारको नीतिगत बैठकमा बैंकले ब्याजदर शून्य दशमलव २५ प्रतिशतले घटाएको छ ।

    यद्यपि, अरू ब्याजदर कटौती गर्नुअघि केन्द्रीय बैंक रोकिन सक्ने फेडका अध्यक्ष जेरोम पावेलले संकेत गरेका छन् । बैंकले फेडरल फन्ड्सको दर पनि घटाएर ३ दशमलव ७५ प्रतिशतदेखि ४ प्रतिशतको बिचमा ल्याएको छ ।

    यसअघि यो दर ४ प्रतिशत देखि ४ दशमलव २५ प्रतिशतको बीचमा थियो । सेप्टेम्बरमा पनि बैंकले दरहरू यही अनुपातमा घटाएको थियो । अमेरिकी अर्थतन्त्रलाई स्थिर राख्नका लागि यो कदम चालिएको फेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    २०२४ को डिसेम्बरपछिको फेडले सेप्टेम्बरमा पहिलो कटौती गरेको थियो । सेप्टेम्बरमा ब्याजदर कटौतीको समयमै पावेलले अक्टोबरमा अर्को कटौती हुने संकेत दिएका थिए । तर यसपटक भने उनले आगामी महिना कटौती नहुने संकेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar