अमेरिकाको पेन्सिलभेनियामा एक नर्सिङ होममा विस्फोट, दुई जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • वासिङ्टन डीसी । अमेरिकाको पेन्सिलभेनिया राज्यमा एक नर्सिङ होममा विस्फोट भएको छ । विस्फोटमा नर्सिङ होमको एक भाग भत्किएको छ । यस घटनामा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएका छन्।

    ग्यासको गन्ध आएको खबर पाएपछि स्थानीय समय अनुसार मंगलबार दिउँसो २ बजेतिर सिल्भर लेक नर्सिङ होममा आपत्कालीन टोलीहरू बोलाइएको थियो। टोली आइपुग्दा भवनमा विस्फोट भएर ठुलो आगो लागेको अधिकारीहरूले बताएका छन् ।

    दुर्घटनापछि पाँच जना बेपत्ता छन् ।   उनीहरू अझै भवनमा छन् कि छैनन् भन्ने कुरा निश्चित नभएको अधिकारीहरूले भने का छन् । अरूको उद्धार गरिएको छ। घाइतेहरूको सही सङ्ख्या अज्ञात रहेको र विस्फोटको कारण अनुसन्धान भइरहेको पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar