टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर उद्घाटन, एक लाखसम्म क्यासब्याक अफर

  • कालिका खवर
  • बिहिबार, मंसिर १०, २०८३
  • काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथर (Ather) ले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले बिहीबार (नोभेम्बर २६) नयाँ एक्सपेरियन्स सेन्टरको औपचारिक उद्घाटन गरेको हो।

    नयाँ एक्सपेरियन्स सेन्टर डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा आएको हो। यसअघि चितवनको आस्था चोकमा एथरको डिलर सञ्चालन गर्दै आएको कम्पनीले टाँडीमा दोस्रो बिक्री केन्द्र विस्तार गरेको हो। नयाँ केन्द्र सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटर खरिद, परीक्षण तथा सेवा सुविधामा थप सहजता हुने कम्पनीले जनाएको छ।

    नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र रिज्टा मोडलको अवलोकन तथा परीक्षण गर्न सक्नेछन्। ४५० सिरिज कार्यक्षमता, प्रविधि र स्पोर्टी राइडिङ अनुभवमा केन्द्रित छ भने रिज्टा पारिवारिक प्रयोग, आराम र व्यावहारिक सुविधालाई लक्षित गरी तयार गरिएको स्कुटर हो।

    एथरले आफ्ना स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टरयाक्सनजस्ता आधुनिक प्रविधि उपलब्ध गराएको छ। म्याजिक ट्विस्टले थ्रोटलमार्फत गति नियन्त्रण तथा रिजेनेरेटिभ ब्रेकिङको सुविधा दिन्छ भने इन्फिनिटी क्रुजले लामो दूरीको यात्रालाई सहज बनाउँछ। त्यस्तै, भ्वाइस कमान्डमार्फत स्कुटरका विभिन्न सुविधासँग अन्तरक्रिया गर्न सकिन्छ।

    कम्पनीले विद्युतीय स्कुटरको ब्याट्रीप्रति ग्राहकको विश्वास बढाउन ‘एथर एस्योरेन्स एटसेभेन्टी’ कार्यक्रमसमेत उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत ८ वर्ष वा ८० हजार किलोमिटर (जुन पहिले पुग्छ) सम्म ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिने कम्पनीले जनाएको छ।

    हाल एथरको नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन्। विस्तार हुँदै गएको सर्भिस तथा चार्जिङ नेटवर्कले विद्युतीय सवारी प्रयोगकर्तालाई सेवा र चार्जिङ सुविधामा सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ।

    नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा एथरले स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक अफर पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर लागू हुने मोडल तथा सर्तअनुसार उपलब्ध हुनेछ।

    नेपालमा एथरको आधिकारिक वितरक वैद्य इनर्जीले एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधार विस्तारमार्फत विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्य राखेको जनाएको छ। टाँडीमा १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले नेपालको विद्युतीय मोबिलिटी विस्तार यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar