यामाहाको दसैँ–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख ३० हजार

  • कालिका खवर
  • बुधबार, मंसिर ९, २०८३
  • काठमाडौं । यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेतालाई सम्मान गरेको छ। अभियानको ग्रान्ड प्राइजअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् भने पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा आर१५ एस मोटरसाइकल प्राप्त गरेका छन्।

    सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। स्कुटर खरिदपछि अभियानमा सहभागी भएकी उनी ग्रान्ड प्राइज विजेता बनेकी हुन्।

    त्यस्तै, पोखराका तेजबहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक डिलर भीएडब्लू इन्टरप्राइजेज प्रालिबाट सोही मोडलको स्कुटर खरिद गरेका थिए। अभियानअन्तर्गत उनले यामाहा आर१५ एस मोटरसाइकल जितेका हुन्।

    कम्पनीका अनुसार अभियानमा देशभरबाट एक लाखभन्दा बढी ग्राहकले सहभागिता जनाएका थिए। अभियान अवधिमा हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जित्ने अवसर पाएका थिए। त्यस्तै, साप्ताहिक विजेताहरूलाई एप्पलका विभिन्न ग्याजेट प्रदान गरिएको थियो। कम्पनीले अभियानभर १० हजारभन्दा बढी ग्राहकले यस्ता ग्याजेट जितेको जनाएको छ।

    दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरिएको अभियानले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नगद पुरस्कार र विभिन्न उपहार जित्ने अवसर प्रदान गरेको कम्पनीको भनाइ छ। ग्राहकको खरिद अनुभवलाई थप विशेष र आकर्षक बनाउने उद्देश्यले अभियान ल्याइएको यामाहाले जनाएको छ।

    नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलर नेटवर्क रहेको यामाहाले बिक्री, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीले बिक्रीपछिको सेवा तथा सक्कली स्पेयर पार्ट्सको सहज उपलब्धतालाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar