आईपीएल अक्सनका लागि दश जना नेपाली खेलाडीले पठाए नाम

  • कालिका खवर
  • बुधबार, मंसिर ९, २०८३
  • काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि १० जना नेपाली खेलाडीले नाम पठाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

    अक्सनका लागि १८ देशका कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ९३९ भारतीय तथा २८१ विदेशी खेलाडी छन् । यस्तै, एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar