भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको बताएका हुन् ।

    उनले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, थापाले दुर्घटनामा घाइते भएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar