वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • वीरगन्ज । वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् । बिहीबार बिहान कारागारमा सरसफाइ गर्ने क्रममा कैदी सुनिल साह तुराहा फरार भएका हुन् । करिब ११ वर्षदेखि जेलमा रहेका तुराहा फोहोर फाल्न जाने क्रममा कारागारको पर्खाल नाघेर भागेको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

    फरार कैदी पर्साको पोखरिया नगरपालिका निवासी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदी फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । डीएसपी मल्लका अनुसार जिल्लाका सबै नाका तथा शंकास्पद स्थानमा खोजतलास तीव्र पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar