भीमफेदीमा ईभी गाडी दुर्घटना : १० जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, कार्तिक २६, २०८३
  • काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा ५ जना पुरुष, ३ जना महिला र बालिका २ जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा ५ (बालक २, पुरुष ३) जना घाइते भएका छन् ।

    ३ जना घाइतेहरुलाई हेटौंडा अस्पतालमा ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar