देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौँ : देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् ।

    मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित होटल संचालक सोही महानगरपालिका–११ बस्ने ३५ वर्षीय निकु सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २५ वर्षीय नितेस सुनार र सोही नगरपालिका–३ बस्ने २७ वर्षीय सुरेश शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित सोही नगरपालिका–४ बस्ने २१ वर्षीया अनिता परियारलाई बुधबार बेलुकी प्रहरी पक्राउ गरेको छ । प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

    उता, उदयपुरको त्रियुगा नगरपालिका–३ हात्तीमारा बस्ने २४ वर्षीय अर्जुन रोक्का समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पोष्ट बसपार्कबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    त्यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित कमला नगरपालिका–४ लग्मा बस्ने १९ वर्षीय बिजय कुमार यादवलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    दाङको घोराही उपमहानगरपालिका–१४ रामनगर टोल बस्ने ५१ वर्षीय ललितराज कुवर क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ललितराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका–६ घर भएका २९ वर्षीय करण बरालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाहरूमा प्रहरीले छुट्टाछुट्टै अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar