बजार बढ्दा पनि लगानीकर्ताको कारोबार उत्साह कमजोर

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १७, २०८३
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५ अंक बढेको छ।

    १३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

    नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार सात अर्ब १८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज पाँच अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको एक करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    मंगलबार ग्लोबल आइएमई बैंक २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब साढे १९ करोड र कुमारी बैंकको १९ करोड रुपैयाँ कारोबार भएको छ।

    आज शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। रिभर फल्स पावरको सेयरमूल्य करिब ६ प्रतिशत र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar