एनपीएल खेल्न काठमाडौं आइपुगे डेभिड वार्नर

  • कालिका खवर
  • सोमवार, कार्तिक १६, २०८३
  • काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् । वार्नर गएराति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ ।

    अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् । उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि समेत जितेका छन् ।

    एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    जारी प्रतियोगितामा काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौंले आज कर्णाली याक्सको सामना गर्दैछ । यो खेल आज दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar