बालेन सरकार ‘रुल बाइ ल’ अनुसार चल्यो तर रास्वपाले जिम्मेवारी लिन चाहेन : गगन थापा

  • कालिका खवर
  • आइतवार, कार्तिक १५, २०८३
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह बालेन नेतृत्वको सरकार ‘रुल अफ ल’ नभई ‘रुल बाई ल’ अनुसार चलेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकपछि विशेष सम्बोधनका क्रममा थापाले सरकार र सत्तारुढ रास्वपाका विषयमा व्याख्या गर्दै राज्य सही ढंगले नचलेको बताएका हुन् । उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै कडा आलोचना गरे ।

    सभापति थापाले पछिल्लो समय सरकार मिडिया र पत्रकार मात्र होइन, राज्यकै प्रमुख निकायका प्रमुखलाई पनि जतिबेला मन लाग्यो त्यतिबेला उठाउने लहड चलेको बताए ।

    केटाहरूलाई यसो झोक चल्यो र पक्राउ गरिदिऊँ भन्ने लाग्यो, पत्रकारलाई पक्राउ गरिहाले । पक्राउपछि फेसबुकतिर ‘लाइक’ घट्न थालेपछि छोडिदिऊँ छोडिदिऊँ भन्ने लाग्यो अनि पत्रकार छुटे,’ थापाले भने ।

    कहिले मिडिया र नेताको घरअगाडि गाडी तेर्साउने, पत्रकारलाई समाचार कक्षबाटै उठाउने, संवैधानिक अंगका पदाधिकारी र अधिकृतलाई उठाएर आठ दश घन्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर केरकार गर्नेलगायतका काम हुँदा पनि रास्वपाले यसबारेमा टिप्पणी र विज्ञप्ति निकाल्नेबाहेक कुनै काम नगरेको बताए ।

    रास्वपाले सरकारले गरेका राम्रा कामको अपनत्व लिने, तर गलत कार्य गर्दा कुनै जिम्मेवारी नलिने, स्वामित्व नलिने, प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन नचाहने गरेको थापाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar