महानगर र उपमहानगरका पदमा रास्वपाले गर्‍यो उमेदवारी आवेदन खुला

  • कालिका खवर
  • आइतवार, कार्तिक १५, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ । पछिल्लोपटक महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा रास्वपाका तर्फबाट उमेदवारी दिन इच्छुकका निम्ति आवेदन खुला गर्ने निर्णय गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरिएको छ । “महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदहरूमा पार्टीका तर्फबाट उमेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरियो,” खरेलले आइतबार (कात्तिक १५) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    रास्वपाको ‘स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठक बसेको थियो । पार्टीका महामन्त्री एवं उक्त समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकबाट यो निर्णय गरिएको खरेलले जानकारी दिए ।

    उमेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका निम्ति विभिन्न उपसमितिहरू गठन समेत गरिएको छ ।

    b1-1793505155.jpg

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar