रास्वपाको सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?

  • कालिका खवर
  • शनिबार, कार्तिक १४, २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

    बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

    सत्तारुढ रास्वपाले स्थापित कानुनी र संस्थागत बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन भएको भन्दै शुक्रबार विज्ञप्ति जारी गरेको थियो ।

    शुक्रबार प्रहरीले कार्यकक्षबाटै पत्रकारहरूलाई नियन्त्रणमा लिएपछि रास्वपाले विरोध गरेको थियो । सोही विषयमा छलफल हुने पार्टी स्रोतले बताएको छ ।

    “सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटोलाई छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन हो,“ विज्ञप्तिमा भनिएको थियो ।

    रास्वपाले सञ्चारमाध्यमलाई त्रसित पार्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar