देशभर हल्कादेखि मध्यम वर्षा, पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा तनहुँको साखरमा

  • कालिका खवर
  • शनिबार, कार्तिक १४, २०८३
  • काठमाडौं । देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ९ः१३ बजेसम्म गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

    यस्तै, बागमती र कर्णाली प्रदेशका केही स्थान, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा तनहुँको साखरमा मापन भएको छ । साखरमा ३६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar