ब्राजिलको चुनावबारे ट्रम्पले भने– लूला मन पर्छन्, तर चुनाव धाँधलीयुक्त देखियो

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १०, २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लूला दा सिल्भाले जित हासिल गरे पनि मतगणना प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

    ट्रम्पले लुला आफूलाई मन पर्ने र उनीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । तर, चुनाव धाँधलीयुक्त देखिएको उनले आरोप लगाए ।

    सोमबार पत्रकारसँग उनले आफूले कुनै उमेदवारको पक्ष नलिएको जिकिर गरे । ब्राजिलको चुनाव अर्को धाँधलीयुक्त निर्वाचनजस्तो देखिएको उनले बताए ।

    उनले मतगणना र मतदानको समयसीमा बढाइएको विषयलाई ‘असामान्य’ भने । निर्वाचन प्रक्रिया आफूलाई नराम्रो लागेको उनले बताए ।

    ट्रम्पले आफू ब्राजिलको नभई अमेरिकाको हितमा केन्द्रित रहेको उल्लेख गरे । उनले चुनावमा धाँधली भएको दाबी पुष्टि गर्ने प्रमाण भने प्रस्तुत गरेनन् ।

    ब्राजिलको राष्ट्रपति निर्वाचनमा लूलाले कट्टर दक्षिणपन्थी प्रतिद्वन्द्वी तथा लिबरल पार्टीका नेता फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका छन् । लूलाले ५१.७९ र बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन् । योसँगै लुला चौथो कार्यकालका निम्ति राष्ट्रपति निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar