इजरायलको निर्वाचनमा अरब र अति–रूढीवादी दल ‘किङमेकर’ बन्न सक्ने

  • कालिका खवर
  • सोमवार, कार्तिक २, २०८३
  • काठमाडौं । इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउने सम्भावना कमजोर देखिएको छ। यस्तो अवस्थामा अरब नेतृत्वका र अति–रूढीवादी यहुदी दलहरू निर्णायक शक्ति अर्थात् ‘किङमेकर’ बन्न सक्ने अलजजिराले जनाएको छ।

    समाचारअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी नेतृत्वको गठबन्धन र विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

    स्पष्ट बहुमत नआएको अवस्थामा यी दलहरूको समर्थनले सरकार गठन र सत्ताको समीकरण निर्धारण गर्न सक्ने विश्लेषण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar