लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८३
  • काठमाडौं । बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको संरक्षण, विकास तथा बौद्ध सम्पदाको प्रवर्द्धन गर्ने जिम्मेवारी रहेको लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्।

    लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कार्यमा उनको नियुक्तिले नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

    बौद्ध दर्शन, शान्ति र मानव सेवाको सन्देश प्रवाह गर्दै आएकी आनी छोइङ डोल्माको नेतृत्वमा लुम्बिनीको संरक्षण, विकास तथा बौद्ध सम्पदाको प्रवर्द्धनले थप गति लिने विश्वास व्यक्त गरिएको छ।

    ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar