८००० एमएएच ब्याट्रीसहितको भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक, मूल्य ३९ हजार ९९९ रुपैयाँदेखि

  • कालिका खवर
  • बिहिबार, अशोज २९, २०८३
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले ८,००० एमएएच क्षमताको ब्याट्रीसहित नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। लामो समयसम्म स्मार्टफोन प्रयोग गर्नुपर्ने युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दैनिक रूपमा सक्रिय रहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो फोन बजारमा ल्याएको हो।

    वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस स्मार्टफोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइनजस्ता विशेषता समावेश छन्। कम्पनीका अनुसार यी सुविधाले दैनिक प्रयोगलाई सहज बनाउनुका साथै फोनको टिकाउपनमा समेत सहयोग पुर्‍याउँछन्।

    भिभो वाई३२ को मुख्य आकर्षण यसको ८,००० एमएएच ब्याट्री हो। कम्पनीका अनुसार यसमा उपलब्ध ६ वर्षे ब्याट्री हेल्थ प्रविधिले १,५०० पूर्ण चार्जिङ साइकलपछि पनि कम्तीमा ८० प्रतिशत ब्याट्री क्षमता कायम राख्न मद्दत गर्छ। स्मार्ट चार्जिङ इन्जिन र ओभरनाइट चार्जिङ प्रोटेक्सनले चार्जिङ प्रक्रियालाई व्यवस्थित गर्दै ब्याट्रीको सुरक्षामा सहयोग पुर्‍याउँछन्। त्यस्तै, ४४ वाट फ्ल्यासचार्ज सुविधाले कम समयमा ब्याट्री चार्ज गर्न मद्दत गर्छ।

    डिजाइनतर्फ फोनमा प्रिमियम मेटालिक क्यामेरा डिजाइन र डायनामिक लाइट समावेश गरिएको छ। डायनामिक लाइटले कल, म्यासेज तथा अन्य नोटिफिकेसनका बेला प्रकाश संकेत प्रदान गर्छ। साथै, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइनले धुलो, पानी र दैनिक प्रयोगका क्रममा हुन सक्ने सामान्य ठक्कर तथा आकस्मिक खसाइबाट फोनलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ।

    तीन भेरियन्टमा उपलब्ध, मूल्य ५२ हजार ९९९ रुपैयाँसम्म

    भिभो वाई३२ नेपालभरका अधिकृत भिभो रिटेल स्टोरमा तीनवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    • ४ जीबी र्‍याम + १२८ जीबी स्टोरेज: ३९ हजार ९९९ रुपैयाँ
    • ६ जीबी र्‍याम + १२८ जीबी स्टोरेज: ४५ हजार ९९९ रुपैयाँ
    • ६ जीबी र्‍याम + २५६ जीबी स्टोरेज: ५२ हजार ९९९ रुपैयाँ

    कम्पनीले फोन सार्वजनिक भएको पहिलो ३० दिनभित्र भिभो वाई३२ खरिद गर्ने ग्राहकका लागि विशेष लन्च अफरसमेत ल्याएको छ। अफरअन्तर्गत ग्राहकले थप दुई वर्षको ब्याट्री वारेन्टी प्राप्त गर्नेछन्। यसले फोनको दीर्घकालीन प्रयोगमा ग्राहकलाई थप भरोसा प्रदान गर्ने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar