सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, कात्तिक ९ देखि १० दिनको समय

  • कालिका खवर
  • बिहिबार, अशोज २९, २०८३
  • काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समितिका सचिव तुलबहादुर कँडेलले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

    निर्णयअनुसार प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि उजुरी दिन सकिनेछ । उजुरी दिने अन्तिम मिति कात्तिक १९ गतेसम्म तोकिएको छ ।

    समितिका सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउँदै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरिएको जानकारी दिए ।

    संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत उजुरी संकलनपछि प्रस्तावित न्यायाधीशहरूको योग्यता, क्षमता तथा नियुक्तिसम्बन्धी विषयमा आवश्यक अध्ययन गरी सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar