पशुपतिमा गैर-हिन्दु प्रवेश निषेधित क्षेत्रमा पुगेको भिडिओ भाइरल भएपछि इटहरीका हिन्दु–मुस्लिम जोडी पक्राउ

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं । पशुपतिनाथ मन्दिरको गैर-हिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले इटहरीका प्रियंका परियार र असिम अन्सारीलाई पक्राउ गरेको छ।

    पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले मंगलबार इटहरीको रंगशाला चोकबाट पक्राउ गरेको हो।

    पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि बुधबार बिहान जहाजमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar