सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्रसमेत प्राप्त भएको छ।

    फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ।

    कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहिलो पहल भएको दाबी गरेको छ। रु. ५० करोड आकारको यस फण्डमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

    ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, ई–कमर्स तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेष्टुरेन्ट तथा खनिज उत्खनन तथा प्रशोधनलगायतका क्षेत्रमा लगानीका अवसर पहिचान गर्नेछ।

    त्यस्तै, लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानूनले निषेध नगरेका निजी क्षेत्रका अन्य सम्भावनायुक्त क्षेत्रमा समेत लगानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

    रु. ५० करोडको यस फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियो थप विस्तार गर्नुका साथै कम्पनीको दीर्घकालीन वित्तीय रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    सूर्यज्योति लाइफले आफ्ना बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता तथा जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि यही उद्देश्यअनुरूप अघि बढाइएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar