हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराएको छ । फाउन्डेसनले रु २५ लाख सहयोग गरेको हो ।

    फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रिन्सिपल दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो । खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदश्यहरुको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो ।

    सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै बाढी पीडितको राहत तथा पुनस्र्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

    स्कुलले विगत २५ वर्षदेखि आर्थिक रुपमा विपन्न बालबालिकालाई पूर्ण निःशूल्क शिक्षासहित दिवा खानाकोसमेत व्यवस्था गर्दै आएको खत्रीको भनाई छ । कक्षा १२ सम्मको पढाई हुने सो स्कुल काठमाडौँको बौद्धमा रहेको छ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar