बुटवलमा असोज १७ गते पल्सर आरपीएम, युवाको सडक संस्कृति एउटै मञ्चमा

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • काठमाडौं । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ ।

    काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएमको विस्तारअन्तर्गत बुटवलमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा हुनेछ । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ भने सहभागीका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।

    पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, यप, डिजे प्रस्तुति र ग्राफिटीसहित सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि तथा प्रस्तुति रहनेछन् ।

    कार्यक्रमले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न विधाका कलाकार तथा प्रतिभासँग प्रत्यक्ष रूपमा जोडिने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ ।

    काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको छ । बुटवलमा आयोजना हुने कार्यक्रमले स्थानीय युवा समुदायको ऊर्जा, रुचि र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्ने आयोजकको भनाइ छ ।

    मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममार्फत पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ ।

    बुटवलमा आयोजना हुने पल्सर आरपीएममा सहभागी हुन सबै युवालाई आयोजकले आमन्त्रण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar