बालुवा गिट्टी झार्दै गर्दा टिपर पल्टिएर क्रसर सञ्चालकको मृत्यु

  • कालिका खवर
  • बिहिबार, अशोज १५, २०८३
  • जनकपुरधाम । धनुषामा बालुवा गिट्टी झार्ने क्रममा टिपर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

    बिहीबार बिहान सवा ७ बजेतिर मिथिला नगरपालिका-३ लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उधोगमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिफर अनलोड गर्ने क्रममा पल्टिँदा क्रसर सञ्चालक स्थानीय ३६ वर्षीय हरि महत्तोको मृत्यु भएको हो ।

    बालुवा–गिट्टीले महतो पुरिएर घाइते भएका महत्तोका उनचारका क्रममा जानकी मेडिकल कलेज रमदैयाँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा टिपर चालक सामान्य घाइते भएका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar