पूर्वप्रधानन्यायाधीस चोलेन्द्रको सुरक्षा बढाइयो, घर वरिपरि प्रहरीको निगरानी

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षा बढाइएको छ ।

    यसअघि प्रहरीले उनीमाथि सुरक्षा थ्रेट रहेको भन्दै मध्यराति १२ बजे घरबाट नियन्त्रणमा लिएर ११ घण्टापछि घरमै छाडेको थियो । घर फर्किएलगत्तै जबराले आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षा माग गर्दै निवेदन दिएका थिए ।

    उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दिएको निवेदनको आधारमा प्रहरीले उनको सुरक्षा बढाएको छ ।

    जबराको घर वरिपरि निगरानीका लागि थप प्रहरी परिचालन गरिएको हो ।

    viber sharing button

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar