भरत दाहालको तर्फबाट दायर रिटमा सुनुवाइ सुरु

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।

    दाहालको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ । यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारण सहित लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो ।

    साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिल र बन्दीसहित उपस्थित गराउन भनेको थियो । आदेश प्राप्त भएपछि दाहाललाई आज अदालतमा उपस्थित गराइएको हो ।

    दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो । आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar