भैरहवा, बुटवल र दाङमा पुग्यो हुण्डाईको ‘अल न्यू भेन्यू’

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकले नयाँ भेन्यूको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्ने भएका छन्।

    अल न्यू भेन्यूमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी सुविधा, अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनको संयोजन गरिएको छ। यसको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निश समावेश छन्।

    गाडीको क्याबिनमा १०.२५ इन्चको सीसीएनसी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफजस्ता फिचर उपलब्ध छन्। यी सुविधाले यात्रालाई थप सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ।

    कार्यसम्पादनतर्फ अल न्यू भेन्यूमा काप्पा १.२ लिटर एमपीआई पेट्रोल र काप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। ग्राहकले आफ्नो आवश्यकता र ड्राइभिङ प्राथमिकताअनुसार इन्जिन विकल्प छनोट गर्न सक्नेछन्।

    सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, सवारी साधन स्थिरता व्यवस्थापन तथा हिल–स्टार्ट असिस्ट नियन्त्रणजस्ता सुविधा समावेश गरिएको छ।

    नेपाली बजारमा अल न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो मुख्यतः तीन भेरियन्टमा उपलब्ध छ। जसमा एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन्।

    ग्राहकहरूले भैरहवा, बुटवल, दाङलगायतका सम्बन्धित सोरुममा पुगेर अल न्यू भेन्यूको डिजाइन, प्रविधि, इन्टेरियर तथा कार्यसम्पादनबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar