सिजीको दशैं–तिहार योजना : १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो बार्षिक अभियान ‘इक्सपिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत बडादशैं तथा तिहारलाई लक्षित गर्दै ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

    उपभोक्तालाई आधुनिक प्रविधिसँगै आकर्षक क्यासब्याकको लाभ दिने उद्देश्यले ल्याइएको योजनामा ग्राहकले अधिकतम १ लाख २ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, एयर कन्डिसनरलगायत विभिन्न घरायसी उपकरण खरिदमा क्यासब्याक उपलब्ध हुनेछ।

    कम्पनीले विभिन्न उत्पादनको खरिदमा ‘स्योर–सट गिफ्ट्स’ समेत उपलब्ध गराएको छ। फ्रन्ट लोड वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल डिटर्जेन्ट, टप लोडिङ वासिङ मेसिनमा ४ केजी तथा सेमी अटोमेटिक वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट उपहार पाइनेछ। त्यस्तै, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराइएको छ।

    ग्राहकको सहजताका लागि ‘नागरिकता भए पुग्छ!’ भन्ने नारासहित शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधा समेत ल्याइएको छ। साथै, सिजी इलेक्समार्फत पुरानो सामान साटेर नयाँ सामान लिन सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    सिजीको प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाले अत्याधुनिक प्रविधि र प्रिमियम डिजाइनमार्फत ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गर्दै आएको कम्पनीको भनाइ छ।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सिजी डिजिटल शोरुम, आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। बिक्रीपछिको सेवाका लागि कम्पनीले ‘सिजी केयर एप’ सञ्चालनमा ल्याएको छ भने देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

    कम्पनीका अनुसार यो चाडपर्व योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटमा लागू भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar