टाटा कमर्सियल सवारीका लागि श्री जाल्पादेवी अटोवर्क्सको सेवा समय राति ९ बजेसम्म

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ।

    २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र सेवा दिँदै आएको थियो।

    नयाँ व्यवस्थासँगै दिनभर व्यावसायिक प्रयोजनमा सवारी सञ्चालन गर्ने ग्राहकले समेत साँझको समयमा आफ्नो सवारीको नियमित मर्मत तथा सर्भिस गराउन सक्नेछन्। ग्राहकको समय र सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राखेर सेवा अवधि रातिसम्म विस्तार गरिएको जनाइएको छ।

    श्री जाल्पादेवी अटोवर्क्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिकसहित छिटो र भरपर्दो सेवा उपलब्ध गराइने सिप्रदीले जनाएको छ।

    कम्पनीका अनुसार अवैध तथा नक्कली पार्ट्स र लुब्रिकेन्टको प्रयोगले सवारीको इन्जिन, ब्रेक तथा क्लच प्रणालीमा असर पुर्‍याउनुका साथै मर्मत खर्चसमेत बढाउन सक्छ। त्यसैले आधिकारिक सर्भिस सेन्टरबाट गुणस्तरीय पार्ट्स तथा प्राविधिक सेवामार्फत सवारीको मर्मतसम्भार गर्न ग्राहकलाई सहज हुने कम्पनीको भनाइ छ।

    सेवा समय विस्तारबाट यात्रु तथा मालवाहक व्यावसायिक सवारी सञ्चालन गर्ने ग्राहकलाई आफ्नो नियमित काम प्रभावित नगरी सवारी मर्मत तथा सर्भिस गराउन थप सुविधा पुग्ने अपेक्षा गरिएको छ। यसले सवारीको डाउनटाइम घटाउँदै सञ्चालन दक्षता बढाउन सहयोग गर्ने सिप्रदीले जनाएको छ।

    टाटा मोटर्सका कमर्सियल भेहिकल ग्राहकलाई बिक्रीपछिको सेवा थप पहुँचयोग्य र सुविधाजनक बनाउने प्रयासअन्तर्गत विस्तारित सेवा समय लागू गरिएको हो। यसबाट नियमित मर्मतसम्भारसँगै आकस्मिक सर्भिस आवश्यक पर्ने ग्राहकले पनि थप समय विकल्प पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar