अटो दुर्घटना हुँदा चालकको मृत्यु

  • कालिका खवर
  • शनिबार, अशोज ३, २०८३
  • काठमाडौँ : बाँकेमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। खजुरा गाउँपालिका-२ रिमझिम चोकको भित्री सडकमा भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको हो। दुर्घटनामा परी अटोका चालक मुकेश विक घाइते भएका थिए।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुकेशलाई उपचारका लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज् पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको हो। अटोमा सवार अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar