सिप्रदी यात्री पी २ को मूल्य सार्वजनिक, सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । सिप्रदी यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी २’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमै इन्जिनियरिङ तथा उत्पादन हुने विद्युतीय मोबिलिटीको विकासमा पी २ अर्को महत्वपूर्ण उत्पादन भएको कम्पनीले जनाएको छ।

    नेपालका विविध तथा चुनौतीपूर्ण सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी २ शहरी आवतजावतमा मात्र सीमित नरहेको कम्पनीको भनाइ छ। उकालो तथा घुम्ती सडक, शहरको दैनिक ट्राफिकदेखि लामो दूरीको यात्रालाई ध्यानमा राख्दै स्कुटरमा कार्यक्षमता, रेन्ज, चार्जिङ सुविधा, कनेक्टिभिटी र राइडरकेन्द्रित प्रविधि समेटिएको छ।

    पी २ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।

    नेपालका सडकका लागि इन्जिनियरिङ गरिएको पी २ मा पीएमएसएम मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले पांग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ। यस्तै, एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर तथा भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्नेछ।

    स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टम पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    तीन ब्याट्री विकल्प

    पी २ मा ग्राहकको आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्।

    • ३.० किलोवाट आवर  शहरभित्र वास्तविक अवस्थामा ९० किलोमिटरसम्म रेन्ज
    • ३.७ किलोवाट आवर  शहरभित्र वास्तविक अवस्थामा ११२ किलोमिटरसम्म रेन्ज
    • ५.२ किलोवाट आवर  शहरभित्र वास्तविक अवस्थामा १५७ किलोमिटरसम्म रेन्ज

    थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    पी २ का ब्याट्री सिस्टम यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएको र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको कम्पनीको दाबी छ। स्कुटरमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराइएको यात्रीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar