बनेपामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • कालिका खवर
  • आइतवार, भदौ २८, २०८३
  • काठमाडौँ । काभ्रेको बनेपा स्थित अरनिको रागमार्गमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । उग्रचण्डी पेट्रोलपम्प अगाडी धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बनेपा–७ घर भएका ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार बिहान मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले बताए । शनिबार साँझ सडक पार गर्न लाग्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

    मोटरसाइकल चालक काभ्रेको महाभारत–६ घर भएर बनेपा–४ नालामा डेरा गरेर बस्ने २७ वर्षीय रविन घिसिङ पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar