इरानमा वैवाहिक समारोहमा अमेरिकी बमबारी, पाँचजनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौं । इरानले देशको दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा अमेरिकी वायुसेनाले वैवाहिक समारोह भइरहेको एउटा घरमा बमबारी गरेको आरोप लगाएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले यसलाई बर्बर आक्रमणको संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको जनाएका छन् ।

    सिरीकका गभर्नर राजा शाहिदियानका अनुसार बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्, जसमा ५० जनाभन्दा बढी महिला र बालबालिका छन् । घाइतेहरूलाई नजिकैको मिनाब सहरको अस्पतालमा भर्ना गरिएको छ ।
    फार्स समाचार संस्थासँग कुरा गर्दै आक्रमणबाट जोगिएका एक बालकले लडाकु विमानको आवाज सुनेलगत्तै भीषण विस्फोट भएको थियो ।

    अमेरिकी सेनाको सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानी रिभोल्युसनरी गार्डसले व्यापारिक जहाजहरूमाथि गरेको आक्रमणको जवाफमा इरानी सैन्य निकायहरूलाई लक्षित गरी नयाँ आक्रमण गरिएको जनाएको छ । अमेरिकी कमान्डले सर्वसाधारणलाई लक्षित नगरिएको स्पष्ट पारेको छ । अलजजिरा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar