पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । उनी हिजो बिहानबाट सम्पर्कमा नरहेको परिवारलाई उदृत गर्दै नेपाल पत्रकार महासंघले जनाएको छ ।

    महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । हिजो केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन बनेका हुन् ।

    यस्तै रातोपाटीमा कार्यरत् नुवाकोट विदुर-७ बाट पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

    पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् । उनीहरूको खोज-उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar