रसुवा बाढी : जाजरकोटका ७ जना सम्पर्कविहीन

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्रविक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन् ।

    उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए । त्यस्तै, भेरी नगरपालिका–१ का डिलबहादुर विक, भेरी नगरपालिका–३ का रतन रोकाय र भेरी नगरपालिका–४ की विनिता शाही पनि बाढीपहिरोपछि सम्पर्कविहीन भएका छन् ।

    बाढीपहिरोपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि परिवार तथा आफन्तले चिन्ता व्यक्त गर्दै तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    सम्पर्कविहीन सातै जनाको अवस्था यकिन गर्न सुरक्षा निकाय तथा सम्बन्धित निकायले तत्काल खोजी र उद्धार कार्य अघि बढाउनुपर्ने परिवारको माग छ । प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले खोजीका लागि समन्वय गरिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar