नाडा अटो शोमा भेस्पा र अप्रिलियाको विशेष अफर, २८ हजार ५ सयसम्मको लाभ

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभगान्जा’ योजना सार्वजनिक गरेको छ।

    नाडा अटो शोको स्टल नम्बर टीडब्लूई–११ मा उपलब्ध यस योजनाअन्तर्गत भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्।

    यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत सवारी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ।

    यस वर्ष भेस्पाले नाडा अटो शोमा इटालियन क्याफेबाट प्रेरित थिममा स्टल तयार गरेको छ। स्टलमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभव प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

    प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लिलाक रंगको भेस्पा १२५ र ओरो रंगको भेस्पा एस १२५ राखिएको छ। त्यस्तै, अप्रिलियाका स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का विभिन्न रंगका मोडलसमेत प्रदर्शनीमा राखिएका छन्।

    डेल्टा अटोकर्पका डाइरेक्टर तथा सीईओ विजय के. महतोले नाडा अटो शोमार्फत भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

    उनका अनुसार नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लिलाक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र अनुभव प्रदान गर्नेछन्। साथै, क्याफे–थिममा तयार गरिएको स्टल र ‘द सेभिङ एक्स्ट्राभगान्जा’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar